दार्चुला-दार्चुलामा खैरो हेरोईनसहित एक युवक पक्राउ परेकका छन्।
दार्चुलाको महाकाली नगरपालिका–९ बेतबाट मालिकार्जुन गाउँपालिका–१ भर्तोला बस्ने २६ वर्षीय मनिष सामन्तलाई ६ ग्राम लागूऔषध खैरो हेरोईनसहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो।
सुदूरपश्चिम प्रदेश ०१–००८ प २९६ नम्बरको मोटरसाइकलमा सवार उनलाई खलङ्गाबाट गोकुलेश्वर तर्फ जादै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी, मोटरसाइकलसहित निजलाई पक्राउ गरेको जनाएको छ।