बैतडी-बैतडीको पञ्चेश्वर गाउँपालिकाले इलाका प्रशासन कार्यालय मेलौलीलाई सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन एक थान ल्यापटप र एक थान प्रिन्टर हस्तान्तरण गरेको छ।
गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले इलाका प्रशासन कार्यालय मेलौलीका कार्यालय प्रमुख महेश भट्टलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन्।
हस्तान्तरण कार्यक्रममा अध्यक्ष चन्दले नागरिकलाई छिटो, सहज र गुणस्तरीय सेवा उपलब्ध गराउन स्थानीय तहले आवश्यक सहयोग गर्दै आएको बताउँदै आगामी दिनमा पनि सरकारी कार्यालयसँग सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
कार्यालय प्रमुख भट्टले पञ्चेश्वर गाउँपालिकाले उपलब्ध गराएको ल्यापटप र प्रिन्टरले कार्यालयको दैनिक सेवा प्रवाह तथा प्रशासनिक कार्यसम्पादनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्दै गाउँपालिकाप्रति धन्यवाद ज्ञापन गरे।