शिवपूर्ण माविमा नवनिर्मित भवन उद्घाटन, उत्कृष्ट विद्यार्थीलाई नगद पुरस्कार

बैतडी-बैतडीको शिवनाथ गाउँपालिका–५ लामाखाली स्थित शिवपूर्ण माध्यमिक विद्यालयमा सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०८२/०८३ को बजेटबाट “सामाजिक कार्यालय बैतडीको समुन्वयमा निर्माण सम्पन्न भएको दुई कोठे विद्यालय भवनको आज उद्घाटन गरिएको छ।

विद्यालयको शैक्षिक पूर्वाधार सुदृढ गर्ने उद्देश्यले निर्माण गरिएको भवनको एक समारोहबीच उद्घाटन गरिएको विद्यालयले जनाएको छ।बैतडीको सामाजिक कार्यालयबाट निर्मित पहिलो भवन २०८२ चैत्र २६ मा निर्माण सम्पन्न भई विविध कारणले उदघाटन गर्न बाकी रहेकोमा आज मात्रै उद्घाटन भएकोे हो

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तपेन्द्र धनाडीको अध्यक्षतामा तथा शिवनाथ गाउँपालिका वडा.न- ५ का वडा अध्यक्ष केशव चन्दको प्रमुख आथित्यता र  शिवनाथ गा.पा का शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख शिक्षा अधिकृत दिनेश साउँद विशिष्ट अतिथी रहेका थिए । कार्यक्रममा जनप्रतिनिधि, शिक्षक,अभिभावक, विद्यार्थी,भुतपुर्व विद्यार्थी,विद्यालय व्यवस्थापन समितिका पदाधिकारि,शिक्षक अभिभावक समितिका पदाधिकारी तथा स्थानीयवासीको सहभागिता रहेको थियो।

सोही अवसरमा समाजसेवी तथा तत्कालीन जिल्ला सभापति स्वर्गीय जयसिंह महताका छोरा हाल दक्षिण कोरियामा रहेका जीतेन्द्र महताले स्थापना गरेको शिक्षा विकास कोषमार्फत विद्यालयका उत्कृष्ट विद्यार्थीलाई नगद प्रोत्साहन पुरस्कार वितरण गरिएको विद्यालयका प्रधानाध्यापक सुरत बहादुर चन्दले बताए।

प्रधानाध्यापक चन्दका अनुसार एसईई–२०८२ मा प्रथम हुने महेश धनाडीलाई रु ४ हजार, द्वितीय हुने प्रमोद धनाडीलाई रु ३ हजार र तृतीय हुने राकेश चन्दलाई रु २ हजार नगद पुरस्कार प्रदान गरिएको छ। त्यसैगरी कक्षा ६ मा अध्ययनरत विपन्न विद्यार्थी केशव पन्तलाई रु १ हजारको छात्रवृत्ति प्रदान गरिएको विद्यालयले जनाएको छ।

विद्यालय परिवारले भवन निर्माणमा सहयोग गर्ने सुदूरपश्चिम प्रदेश सरकार, शिक्षा विकास कोषका संस्थापक जीतेन्द्र महता तथा विद्यालयको शैक्षिक विकासमा सहयोग पुर्याउने सबै व्यक्ति तथा संस्थाप्रति आभार व्यक्त गरेको छ।

Leave A Reply

Your email address will not be published.