बझाङ-बझाङमा प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ।
थलारा गाउँपालिका–९ मालुमेलास्थित सडकखण्डमा सोही ठाउँका ४६ वर्षीय डवल भण्डारीलाई प्रहरीले एकनाले भरुवा बन्दुकसहित पक्राउ गरेको हो।
प्रहरी चौकी मटेलाबाट खटिएको प्रहरी टोलीले बुधबार दिउँसो भरुवा बन्दुक बोकेर हिँडिरहेको अवस्थामा भण्डारीलाई फेला पारी पक्राउ गरेको जनाएको छ।
पक्राउ परेका भण्डारी र बरामद बन्दुकबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।