बैतडी–बैतडीको पाटन नगर उद्योग वाणिज्य संघको अध्यक्षमा कृष्णसिंह भाट निर्वाचित भएका छन् । पाटन नगर उद्योग वाणिज्य संघको प्रथम अधिवेशनमा प्रतिस्पर्धी ललितसिंह बोहरालाई ३९ मतले पछि पार्दैै भाट अध्यक्षमा विजयी भएका हुन् ।
भाटले ८० प्राप्त गरे भने बोहराले ४१ मत प्राप्त गरे ।
यस्तै उपाध्यक्षमा आशा बिष्ट निर्वाचित भएकी छन् । बिष्टले ८० मत प्राप्त गरेकी छन् भने उनका प्रतिस्पर्धी अर्जुनसिंह बिष्टले ३१ मत प्राप्त गरे छ । उपाध्यक्ष पदका अर्का उम्मेदवार तिलक भट्टले १० मत प्राप्त गरे ।
यस्तै सचिवमा राजेन्द्रसिंह बिष्ट ८१ मत ल्याएर निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी केशव खत्रीले ३८ मत प्राप्त गरे । यस्तै सहसचिवमा नरेशबहादुर चन्द ८१ मत ल्याएर निर्वाचित भएका छन् भने उनका प्रतिस्पर्धी करनसिंह महराले ४० मत प्राप्त गरे ।
यसैगरी कोषाध्यक्षमा कृष्णदत्त भट्ट ५० मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी मञ्जुकुमारी भट्ट जोशीले ३७ मत प्राप्त गरिन् । कोषाध्यक्ष पदकी अर्की उम्मेदवार वसन्ती बिष्टले ३२ मत ल्याइन् ।