बिरेन्द्र पोखरेल ‘बिरु’को नयाँ गीत ‘बस गाडीमा’ सार्वजनिक

बैतडी-बैतडीको मेलौली नगरपालिका-६ पोखरीमा जन्मिएका गाडी चालक तथा कलाकार बिरेन्द्र पोखरेल ‘बिरु’को नयाँ गीत ‘बस गाडीमा’ सार्वजनिक भएको छ। पेशाले गाडी चालक रहेका पोखरेलले आफ्नो सांगीतिक यात्रालाई निरन्तरता दिँदै नयाँ गीतमार्फत श्रोता तथा दर्शकमाझ मनोरञ्जनात्मक प्रस्तुति ल्याएका हुन्।

पारस चन्द ठकुरीको लय तथा शब्द रहेको ‘बस गाडीमा’ गीतमा नारायण दंगालले संगीत संयोजन ९एरेन्ज० गरेका छन्। गीतको मिक्सिङ तथा मास्टरिङ मनोज परियारले गरेका हुन्।

गीतमा गोपाल दयाल, ईश्वर सञ्ज्याल र बिरेन्द्र पोखरेल ‘बिरु’को स्वर रहेको छ। म्युजिक प्लस रेकर्डिङ स्टुडियोमा तयार गरिएको गीत सार्वजनिक भएसँगै विभिन्न माध्यममार्फत श्रोता तथा दर्शकमाझ पुर्‍याउने क्रम सुरु भएको छ।

गाडी चलाउने पेशासँगै संगीतमा समेत रुचि राख्दै आएका पोखरेलले ‘बस गाडीमा’ मार्फत यात्रासँग जोडिएका अनुभूति, मनोरञ्जन र सांगीतिक भावलाई प्रस्तुत गर्न खोजिएको बताए।

आफ्नो नयाँ सिर्जनालाई श्रोता तथा दर्शकमाझ पुर्‍याउन पाउँदा उत्साहित रहेको बताउँदै पोखरेलले गीतलाई सुनेर तथा हेरेर प्रतिक्रिया र सुझाव दिन आग्रह गरेका छन्।

‘बस गाडीमा’ गीतले संगीतप्रेमी श्रोता तथा दर्शकको साथ र माया पाउने अपेक्षा गरिएको छ। गीत निर्माणमा संलग्न कलाकार तथा प्राविधिक टोलीले पनि गीत हेरेर, सुनेर प्रतिक्रिया तथा सुझाव दिन सबैलाई आग्रह गरेको छ।

Leave A Reply

Your email address will not be published.