बैतडी -बैतडीको सिगास गाउँपालिका–३ डुँडै घर भएका प्रहरी जवान ठगेन्द्र सिंह बोहरा डडेल्धुरामा मृत अवस्थामा फेला परेका छन्।
चितवन दरबन्दी भई जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा कार्यरत बोहरा अमरगढी नगरपालिका–५ स्थित ऋषिखोला सामुदायिक वनमा झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
प्रहरीका अनुसार घटनाअघि बोहराले झुन्डिन लागेको तस्बिर आफ्नी श्रीमतीलाई पठाएका थिए। श्रीमतीले जिल्ला प्रहरी कार्यालयमा खबर गरेपछि प्रहरीले खोजी थालेको थियो।
खोजी गर्ने क्रममा बोहरा सामुदायिक वनमा मृत अवस्थामा फेला परेका हुन्। मृतक बोहराकी श्रीमती पनि नेपाल प्रहरीमा कार्यरत रहेको बुझिएको छ ।घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।