बैतडीको मेलौलीमा अन्तरवडा महिला तथा पुरुष भलिबल प्रतियोगिता हुँदै

बैतडी-बैतडीको मेलौली नगरपालिकामा अन्तरवडा स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ।

जिल्ला खेलकुद समिति बैतडीको आयोजनामा आगामी कात्तिक १३ गतेदेखि १६ गतेसम्म मेलौली नगरपालिकाको खेलमैदानमा प्रतियोगिता सञ्चालन हुने भएको हो।
स्थानीय तहमा रहेका खेलाडीको प्रतिभा पहिचान, खेलकुद प्रतिको रुचि अभिवृद्धि तथा युवामा अनुशासन, स्वास्थ्य र आपसी सद्भाव विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको जिल्ला खेलकुद समितिका अध्यक्ष भुपेन्द्र चन्दले जानकारि दिए ।

जिल्ला खेलकुद समिति बैतडीका कार्यालय प्रमुख तर्क राज जोशीका अनुसार प्रतियोगितामा बैतडीका विभिन्न वडाबाट महिला तथा पुरुष टोलीले सहभागिता जनाउन सक्नेछन्। प्रतियोगिताका लागि प्रत्येक टिममा बढीमा १२ जना खेलाडी, एक जना टिम प्रशिक्षक र एक जना व्यवस्थापक रहने व्यवस्था गरिएको छ।

प्रतियोगिताको महिला तथा पुरुषतर्फ प्रथम हुने टोलीले नगद रु एक लाख ११ हजार १११, द्वितीय हुने टोलीले रु ७७ हजार ७७७ तथा तृतीय हुने टोलीले रु ४४ हजार ४४४ सहित ट्रफी, मेडल, प्रमाणपत्र र अन्य पुरस्कार प्राप्त गर्नेछन्। यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, लिफ्टर, डिफेन्डर, सर्भर, ब्लकर तथा राइजिङ प्लेयरलगायत विधामा समेत पुरस्कारको व्यवस्था गरिएको छ।

प्रतियोगितामा सहभागी हुने खेलाडी सम्बन्धित वडाको स्थायी बासिन्दा हुनुपर्ने तथा नागरिकता, मतदाता परिचयपत्र वा वडा कार्यालयको सिफारिसमध्ये आवश्यक प्रमाण पेश गर्नुपर्ने जिल्ला खेलकुद विकास समिति बैतडीले जनाएको छ। खेलाडीको यातायात, खानपान तथा बसोबासको व्यवस्थापन सम्बन्धित वडाले गर्नुपर्ने नियममा उल्लेख छ।

जिल्ला खेलकुद समिति बैतडीका अध्यक्ष भूपेन्द्र चन्दले स्थानीयस्तरमा रहेका खेलाडीको क्षमता पहिचान गर्दै जिल्लाको खेलकुद विकासमा योगदान पु¥याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो। उहाँले वडास्तरबाटै खेलाडी उत्पादन गर्ने र उनीहरूलाई प्रतिस्पर्धाको अवसर प्रदान गर्ने गरी प्रतियोगिता सञ्चालन गर्न लागिएको जानकारी दिए ।

प्रतियोगितामा सहभागी हुने टिमले निर्धारित समयभित्र खेलाडी दर्ता गराइसक्नुपर्ने आयोजकले जनाएको छ। प्रतियोगिता अन्तर्राष्ट्रिय भलिबलका प्रचलित नियमअनुसार सञ्चालन गरिने बताईएको छ ।

Leave A Reply

Your email address will not be published.