बैतडी -बैतडीमा मोटरसाइकलको ठक्करबाट एक महिला घाइते भएकी छन्।
घाइते हुनेमा दशरथचन्द नगरपालिका–२ देहिमाण्डौँकी अन्दाजी ६३ वर्षीया पार्वती लावड रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिहंले बताए ।
आज बिहान गोकुलेश्वरबाट गोठलापानीतर्फ जाँदै गरेको सु.प.प्र ०२–००३ प २२२१ नम्बरको मोटरसाइकलले दशरथचन्द नगरपालिका–१ गुरुखोला नजिक पैदल हिँडिरहेकी लावडलाई ठक्कर दिएको हो।
मोटरसाइकल डिलाशैनी गाउँपालिका–५ का अन्दाजी ४३ वर्षीय वासुदेव नाथले चलाएका थिए। मोटरसाइकलको ठक्करबाट लावडको टाउकोमा चोट लागेको छ भने चालक नाथलाई पनि सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।
घाइते लावडलाई उपचारका लागि जिल्ला अस्पताल बैतडी पठाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।