मेलौलीमा सेवा प्रवाह, शान्ति सुरक्षा र अपराध नियन्त्रणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

बैतडी-बैतडीको मेलौली नगरपालिकामा समयमै सेवा प्रवाह, शान्ति सुरक्षा, विपद् व्यवस्थापन, अपराध नियन्त्रण तथा लागूऔषध नियन्त्रणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

ईलाका प्रशासन कार्यालय मेलौलीको आयोजनामा तथा मेलौलीको सहकार्यमा शुक्रबार कार्यक्रम सम्पन्न भएको कार्यक्रममा इलाका प्रशासन कार्यालय मेलौलीका कार्यालय प्रमुख महेश भट्टले बताए । ।

कार्यक्रममा स्थानीय तहमा शान्ति सुरक्षा कायम गर्न, अपराध न्यूनीकरण तथा लागूऔषध नियन्त्रणका लागि स्थानीय तह, प्रहरी प्रशासन र समुदायबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिइएको थियो।

कार्यक्रममा इलाका प्रशासन कार्यालय मेलौलीका कार्यालय प्रमुख महेश भट्ट ,इलाका प्रहरी कार्यालय मेलौलीका ईन्चार्ज दिपेन्द्र बहादुर चन्द, मेलौली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद शर्मा तथा लगायतले समयमै सेवा प्रवाह, शान्ति सुरक्षा, विपद् व्यवस्थापन, अपराध नियन्त्रण र लागूऔषध नियन्त्रणका विषयमा धारणा राख्नुभएको थियो।

कार्यक्रममा लागूऔषधको प्रयोग तथा ओसारपसारका कारण समाजमा पर्न सक्ने असर, अपराध न्यूनीकरण, सामाजिक विकृति नियन्त्रण तथा सुरक्षित समुदाय निर्माणका विषयमा छलफल गरिएको थियो।

लागूऔषध नियन्त्रणका लागि प्रहरीको मात्र प्रयास पर्याप्त नहुने भन्दै स्थानीय सरकार, सुरक्षा निकाय, विद्यालय, अभिभावक तथा समुदाय सबैको साझा भूमिका आवश्यक रहेकोमा सहभागीहरूले जोड दिएका थिए।

मेलौली नगरपालिकाका विभिन्न वडाका वडाध्यक्ष तथा वडा सचिव, नगरपालिकाका शाखा प्रमुख लगायत सरोकारवाला निकायका प्रतिनिधिहरूको कार्यक्रममा सहभागिता रहेको थियो।

यसैगरी कार्यक्रममा समुदाय–प्रहरी साझेदारी कार्यक्रम समेत सञ्चालन गरिएको थियो। समुदाय र प्रहरीबीचको सम्बन्धलाई थप सुदृढ बनाउँदै सामाजिक अपराध न्यूनीकरण, शान्ति सुरक्षा कायम तथा नागरिकलाई सुरक्षित वातावरण प्रदान गर्ने उद्देश्यले समुदाय–प्रहरी साझेदारीलाई प्रभावकारी बनाउने विषयमा समेत छलफल गरिएको थियो।

कार्यक्रममा स्थानीयस्तरमा देखिएका शान्ति सुरक्षा, अपराध, लागूऔषध तथा विपद्सम्बन्धी समस्याको पहिचान गरी सम्बन्धित निकायबीच समन्वय गरेर समाधानतर्फ अघि बढ्नुपर्नेमा जोड दिइएको थियो।

Leave A Reply

Your email address will not be published.