डडेल्धुरा-दुर्गम ग्रामीण क्षेत्र अजयमेरु गाउँपालिका–६ राजुलमा सांस्कृतिक तथा खुला पुरुष भलिबल प्रतियोगिता–२०८३ सुरु भएको छ । अजयमेरु गाउँपालिका वडा नंं ६ को आयोजना तथा डडेल्धुरा जेसिज वर्ष २०२६ को सह–आयोजनामा बिहिबारदेखि प्रतियोगिता सुरु भएको हो ।
सांस्कृतिक कार्यक्रम तथा भलिबल प्रतियोगिताले ग्रामीण क्षेत्रको खेलकुद विकाससँगै कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
प्रतियोगिताको उद्घाटन सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री सन्तोष शर्मा थापाले गरेकी छन । पानसमा दिप प्रज्वल पछि रेफ्रिलाई भलिबल हस्तान्तरण गरि प्रतियोगिताको शुभारम्भ गरिएको थियो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री थापाले यस प्रतियोगिताबाट राष्ट्रिय टिमका खेलाडी तथा कलाकारहरु लाई देख्न पाउने विश्वास व्यक्त गरिन । स्थानीय कला संस्कृती र खेलाडीको प्रतिभा पहिचान गर्न यस प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाई थियो ।
विकास जादुको छडि नभएकाले क्रमागत रुपमा दुर्गम क्षेत्रको पनि विकास भईरहेको उनको भनाई थियो । डडेल्धुरा पाँच पटक देशको नेतृत्व गर्ने प्रधानमन्त्रीका रुपमा शेरबहादुर देउवा पाएकाले उल्लेख गर्दै उनले यस प्रतियोगिताबात खेलाडी र कलाकारहरु पनि उत्पादन हुने बताईन ।
वडा नं ६ का अध्यक्ष हरि भण्डारीको सभाअध्यक्षमा संचालन गरिएको उद्घाटन समारोहमा भागेश्वर गाउँपालिका अध्यक्ष हेमराज चटौत, बैतडीको शिवनाथ गाउँपालिका अध्यक्ष कर्ण बहादुर साउद, नेकपा एमाले डडेल्धुरा अध्यक्ष गजेन्द्र शाही, डडेल्धुरा खेलकुद समिति अध्यक्ष जगत ऐर, रास्वपा अजयमेरु पालिका सभापती डीआर जोशी, नेपाली कांग्रेस अजयमेरु गाउँपालिका सभापती टेकराज पाण्डेय, वडा नं। ५ का अध्यक्ष राज बहादुर पाल, जेसिज डडेल्धुरा वर्ष २०२६ का अध्यक्षलगायतका अतिथिहरुको उपस्थिती रहेको थियो ।
बिहिबार भएको एक खेलामा नेपाली सेनाको अर्जुनवाण गण दहव्यारेक डडेल्धुराले जित निकालेको छ । चेतना माविको प्रांगाणमा चेतना माविलाई सोझो दुईले सेटले हराउदै अर्जुनवाणले जित निकालेको हो । प्रतियोगितामा ११ वटा टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको प्रथम पुरस्कार राशि एक लाख ५० हजार ५५५, द्धितिय ७७ हजार ७७७, पुरस्कार राशि र तृतिय पुरस्कार राशि ४४ हजार ४४४ रहेको छ ।
प्रतियोगिताले स्थानीय युवालाई खेलकुदमा सहभागी गराउनुका साथै प्रतिभा पहिचान र खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास गरिएको छ । ग्रामीण क्षेत्रमा खेलकुद गतिविधि विस्तार गर्दै युवालाई सकारात्मक र सिर्जनात्मक कार्यमा जोड्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको वडा अध्यक्ष हरी भण्डारीले बताए।
प्रतियोगितासँगै सांस्कृतिक कार्यक्रमसमेत सञ्चालन गरिने भएकाले स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवद्र्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।
दुर्गम ग्रामीण क्षेत्रमा खेलकुद र सांस्कृतिक गतिविधिलाई एकसाथ अघि बढाउने उद्देश्यले आयोजना हुन लागेको प्रतियोगितालाई स्थानीय स्तरमा महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।