बैतडी–नेपाली कांग्रेसको देउवा समूहले मेलौली नगरपालिकाका ९ओटा वडामध्ये ५ ओटा वडा अधिवेशन सम्पन्न भएको जनाएको छ ।
अधिवेशन आयोजक समिति मेलौलीका संयोजक महेश दत्त भट्टका अनुसार ४ ओटा वडामा अधिवेशन गर्न बाँकी रहेको छ ।
अधिवेशन सम्पन्न भएका ५ ओटा वडामध्ये वडा नं १ मा धिरेन्द्र सिंह नायक सभापतित्वमा नयाँ वडा कार्यसमिति गठन गरिएको अधिवेशन आयोजक समितिका संयोजक भट्टले जानकारी दिए ।
यस्तै वडा नं २ मा कृष्ण चन्द, वडा नं ३ मा चक्र बहादुर चन्द वडा नं ७ मा जितेन्द्र कार्की, वडा नं ९ मा कृष्ण भट्ट सभापतिमा चयन भएका संयोजक भट्टले बताए ।
संस्थापन पक्षले यसअघि नै वडा समिति गठन गरिसकेका ठाउँमा देउवा समूहले समानान्तर समिति गठन गरिरहेको छ ।
जिल्लाका अधिकांश वडामा अधिवेशन सम्पन्न भइसकेको अधिवेशन आयोजक समितिका जिल्ला संयोजक एवं कांग्रेस बैतडीका उपसभापति बिरबहादुर बिष्टले बताए ।
यस्तै पाटन नगरपालिकाका पाँच ओटा वडामा देउवा समूहले अधिवेशन सम्पन्न भएको जनाएको छ । वडा नं १० नारायणप्रसाद पन्त, वडा नं ८ मा शेरसिंह बिष्ट, वडा नं ७ मा राजेन्द्रप्रसाद भट्ट, वडा नं ४ मा कमलसिंह ऐरी र वडा नं २ मा प्रताप लुहार सभापतिमा चयन भएका अधिवेशन आयोजक समितिका सदस्य नरेश बिष्टले बताए ।
बाँकी रहेका पाँच ओटा वडामा आइतबार अधिवेशन गरिने बिष्टले जानकारी दिए ।