नेकपाको वडा र पालिका अधिवेशन कार्यतालिका सार्वजनिक

काठमाण्डौ – नेपाली कम्युष्टि पार्टी  (नेकपा)ले वडा र पालिका अधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ ।

पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा आज बसेको पार्टी केन्द्रिय संयोजन समितिको बैठकले वडा र पालिकास्तरको अधिवेशन पालिका चुनाव अगावै गर्ने निर्णय गरेको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिनुभयो ।

उहाँकाअनुसार आउँदो पुस ११ गते देशभरका सबै वडामा एकैदिन वडास्तरीय अधिवेशन गर्ने निर्णय बैठकले गरेको छ । त्यसैगरी, माघ १५ मा पालिका अधिवेशन गर्ने निर्णय भएको प्रवक्ता ज्वालाले जानकारी दिनुभयो ।

जिल्ला, प्रदेश र केन्द्रिय महाधिवेशन भने पालिकाको चुनावपछि मात्रै गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।

तल्लो तहको अधिवेशनदेखि नै युवा सहभागिता बढाउने निर्णय पनि भएको प्रवक्ता ज्वालाले बताउनुभएको छ ।

Leave A Reply

Your email address will not be published.