एमाले दनपा–२ को वडा कमिटि अध्यक्षमा राजबहादुर बोहरा चयन

बैतडी–नेकपा एमालेले दशरथचन्द नगरपालिका वडा नं २ को वडा कमिटि अध्यक्षमा राजबहादुर बोहरालाई चयन गरेको छ । शुक्रबार सम्पन्न भएको तेश्रो वडा अधिवेशनले बोहराको अध्यक्षतामा १५ सदस्यीय वडा कमिटि चयन गरेको एमाले दशरथचन्द नगर कमिटि अध्यक्ष मनोज बोहराले बताए ।

उक्त कमिटिको उपाध्यक्षमा उपाध्यक्षमा लालबहादुर भण्डारी,सचिवमा रतने लावड,उपसचिवमा भुरी दमाइ र ललिता बोहरा चयन भएका उनले बताए ।

वडा अधिवेशनमा एमाले बैतडीका इन्चार्ज एवं केन्द्रीय कमिटि सदस्य लिलाधर भट्ट, अध्यक्ष नरेश विक, प्रदेश कमिटि सदस्य पुष्करराज जोशी (लख्खाभाइ), सरस्वती नेपाली, बिष्ना चन्द, जिल्ला कमिटी उपाध्यक्ष लोकेन्द्र भण्डारी,निर्मल पाण्डे लगायतका नेताहरूको उपस्थिति रहेको थियोे ।

यस्तै एमाले डिलाशैनी गाउँपालिका वडा नं ५को वडा कमिटि अध्यक्षमा भानसिंह धामी चयन भएका छन् । आज सम्पन्न भएको वडा अधिवेशनले धामीको अध्यक्षतामा २१ सदस्यीय नयाँ वडा कमिटि चयन गरेको हो ।

उक्त कमिटिको उपाध्यक्षमा गोपाल नाथ, सचिवमा दिपकराज जोशी, उपसचिवमा मानमती दमाइ र गुणा भुल लगायत अन्य सदस्यहरु चयन भएका छन् ।

एमालेले अहिले जिल्लाभरी वडा अधिवेशनमा तीव्रता दिएको दशरथचन्द नगर कमिटि अध्यक्ष बोहराले बताए ।

Leave A Reply

Your email address will not be published.