आर्थिक अभावमा वीर दयालको उपचारमा समस्या, सहयोगका लागि अपिल

बैतडी-बैतडीको मेलौली नगरपालिका–६ हडेलीका वीर दयालको उपचारका लागि आर्थिक सहयोगको अपिल गरिएको छ।

गत कार्तिक १६ गते खेतबारी खनजोत गर्ने क्रममा लडेर उनको बायाँ खुट्टा भाँचिएको थियो। उनलाई उपचारका लागि केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौली लगिएकोमा थप उपचारका लागि डडेल्धुरा रेफर गरिएको थियो।

डडेल्धुरा अस्पतालले खुट्टाको शल्यक्रिया (अप्रेसन)गर्नुपर्ने सल्लाह दिए पनि कमजोर आर्थिक अवस्थाका कारण उपचार खर्च जुटाउन समस्या भएको छ।

आर्थिक अभावकै कारण उपचारमा कठिनाइ भएपछि वीर दयालको उपचारका लागि आवश्यक सहयोग जुटाइदिन परिवार तथा शुभेच्छुकहरूले सम्पूर्ण मनकारी व्यक्ति, संघसंस्था र सहयोगी मनहरूसँग हार्दिक अपिल गरेका छन्।

यस कठिन परिस्थितिमा आर्थिक सहयोग गरी वीर दयालको उपचारमा सहयोग पुर्‍याइदिन सबैमा आग्रह गरिएको छ।

Leave A Reply

Your email address will not be published.