मुगु-मुगुको टोप्लामा रारा जाँदै गरेको गाडी आइतबार दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। आइतबार बा १७ च १८६४ नम्बरको गाडी सडकबाट चार सय मिटर तल खसेको थियो।
प्रहरी कार्यालय मुगुका प्रहरी निरीक्षक पदम केसीका अनुसार दुर्घटनामा घाइते ५ जनामध्ये ३ जनाको मृत्यु भएको हो।
५४ वर्षीय विजय बस्नेत, ४४ वर्षीय रमेश बिडारी र ५२ वर्षीय पूर्णबहादुर सुनाखरीको मृत्यु भएको मुगुका प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारीले जानकारी दिए। बस्नेत र बिडारी कलंकीका बासिन्दा हुन्। अरू ललितपुर निवासी हुन्। घाइते २ जना अञ्जु थापा र कञ्चनबहादुर थापाको उपचार भइरहेको छ।
कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले जिल्ला अस्पताल मुगुमा पुगेर घटनाबारे विस्तृत जानकारी लिएका छन्।