बैतडी-जिल्ला प्रशासन कार्यालय बैतडीले कार्तिक महिनाको उत्कृष्ट कर्मचारीका रूपमा कार्यालय सहयोगी जगदिश प्रसाद भट्टलाई छनोट गरेको छ ।
उत्कृष्ट कर्मचारी घोषणा भएका भट्टलाई कार्यालयका तर्फबाट खादा लगाएर सम्मान गरिएको छ ।
कर्मचारीहरुको मनोबल बढाउन र सेवाग्राहीलाई सेवा प्रवाहमा सहजताका लागि ‘मासिक उत्कृष्ट कर्मचारी’ घोषणा गर्ने गरिएको प्रमुख जिल्ला अधिकारी मिना अर्यालले बताईन् ।