बैतडी–कर्णाली प्रदेशमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सुदूरपश्चिम प्रदेशस्तरीय छनौट प्रतियोगितामा बास्केट बलमा बैतडीको टीम च्याम्पियन बनेको छ ।
फाइनल खेलमा कञ्चनपुरलाई पराजित गर्दै बैतडीले स्वर्ण पदक हात पारेको हो ।
खेलाडीहरुको कडा मिहनेत, अनुशासन र लगनशीलताले बास्केट बलमा स्वर्ण पदक जितेको जिल्ला खेलकुद समिति बैतडीका अध्यक्ष भुपेन्द्र चन्दले बताए ।