बैतडीका सागर भण्डारी सुदूरपश्चिम भलिबल संघको उपाध्यक्षमा मनोनित

बैतडी-बैतडीका शंकर भण्डारी (सागर) सुदूरपश्चिम प्रदेश भलिबल संघको उपाध्यक्षमा नियुक्त भएका छन् ।संघले आज भण्डारीसहित तीन जनालाई मनोनित गर्दै कार्यसमितिलाई पुर्णता दिएको हो ।

प्रदेश अध्यक्ष देवराज भट्टको अध्यक्षतामा बिहिबार बसेको बैठकले २ जना उपाध्यक्ष र १ जना सदस्य मनोनित गरेको संघका महासचिव सन्तोष भट्टले जानकारी दिए ।

उनका अनुसार उपाध्यक्षमा कैलालीको गोदावरी नगरपालिका– १ का निरज शाह र बैतडीको मेलौली – ४ का शंकर सिँह भण्डारी सागर रहेका छन् । यस्तै कैलालीको गोदावरी– १ का भुपाल सिँह भाट सदस्यमा मनोनित भएको उनले बताए ।मनोनित सदस्यहरुको आज नै सपथ ग्रहण गरिएको छ ।

लामो समयदेखि खेलकुद क्षेत्रमा सक्रिय भण्डारी बैतडीको मेलौली नगरपालिकाका खेलकुद समिति संयोजक समेत हुन् ।केही दिन अघि प्रदेशको अधिवेशनबाट ८ जना निर्वाचित भएका थिए । कुल १५ सदस्यीय समितिमा ३ जना मनोनित गरिएपनि अझै ४ जना मनोनित गर्न बाँकी रहेको थियो ।

अब एक जना सचिव र एक जना सदस्य प्रदेश समितिले मनोनित गर्नेछ भने २ जना सदस्य प्रदेश खेलकुद परिषद्ले सिफारिस गरेर पठाउनेछ ।
अध्यक्ष भट्टले सुदूरपश्चिममा भलिबलको विकासका लागि मनोनित पदाधिकारीहरु दत्तचित्त भएर लाग्ने विश्वास व्यक्त गरे ।

Leave A Reply

Your email address will not be published.