बैतडी- बैतडीको पञ्चेश्वर गाउँपालिकाले धुरा मेलाको अवसरमा भोली स्थानीय बिदा दिएको छ ।
गाउँपालिकाको वडा.नं ४ मा लाग्ने परम्परागत, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको धुरा मेलाको अवसरमा गाउँपालिकाले स्थानीय बिदा दिने निर्णय गरेको हो ।
गाउँपालिकाभित्रका सम्पूर्ण सरकारी कार्यालय तथा संघ–संस्थाहरूमा मंसिर १४ गते स्थानीय बिदा दिइएको गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्दले बताए ।
गाउँपालिकाले उक्त बिदा सम्बन्धी जानकारी सबैको जानकारीका लागि सूचना जारी गरेको हो ।स्थानीयहरुले धुरादे जात भनेर भन्ने गरिएको यो जात्रामा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थीहरु समेत पुग्ने गर्दछन् ।
धुरा कैलपाल देवताको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ ।
