नेकपा एमाले मेलौली–५ को वडा कमिटी अध्यक्षमा तिलक सिंह पुजारा चयन

बैतडी-नेकपा(एमाले)मेलौली नगरपालिका–५ को तेस्रो वडा अधिवेशनबाट तिलक सिंह पुजारा अध्यक्षमा चयन भएका छन् ।

अधिवेशनबाट पुजाराको अध्यक्षतामा १७ सदस्यीय वडा कमिटी चयन गरिएको हो । नवगठित वडा कमिटीको उपाध्यक्षमा देव दयाल, सचिवमा कृष्णदत्त भट्ट तथा उपसचिवमा कमला सार्की र कमल दत्त जोशी चयन भएका छन् ।

अधिवेशनमा नेकपा(एमाले) सुदूरपश्चिम प्रदेश कमिटी सदस्य एवं मेलौली इन्चार्ज बलभद्र दयाल र मेलौली नगर कमिटी अध्यक्ष भीम भट्ट लगायतको उपस्थिति रहेको जनाएको छ ।

अधिवेशनले पार्टीको संगठनलाई थप सुदृढ बनाउने, स्थानीय तहमा पार्टीको गतिविधि प्रभावकारी बनाउने तथा जनतासँगको सम्बन्धलाई अझ मजबुत बनाउने उद्देश्यसहित नयाँ नेतृत्व चयन गरेको नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य एवं मेलौली इन्चार्ज बलभद्र दयालले बताए

Leave A Reply

Your email address will not be published.