असार ३, २०७९ शुक्रबार
काठमाण्डौ – एसीसी महिला टी–२० च्याम्पियनसिपको पहिलो खेलमा नेपालले अहिले भुटानसँग खेलिरहेको छ ।
टस जितेर ब्याटिङ गरिरहेको नेपालले खराब सुरुवात गरेको छ । नेपालले ७ ओभरको खेल सकिँदा ३ विकेट गुमाइसकेको छ भने जम्मा २१ रन जोडेको छ ।
च्याम्पियनसिपमा १० टोलीको सहभागिता छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल रहेको समूह ुबीुमा हङकङ, कुवेत, भुटान र बहराइन छन् ।
यस्तै समूह ुएु मा मलेसिया, यूएई, ओमान, कतार र सिङ्गापुर छन् ।
समूह चरणको खेलपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोली महिला टी–२० एसिया कप क्रिकेटमा छनोट हुनेछन् ।
उज्यालो अनलाईनबाट…..