दिपक राज दिर्घायु
जेठ २४ सोमबार,२०७८
डडेल्धुरा–अजयमेरु गाउँपालीकालाई स्वास्थ्य समाग्री हस्तातरण गरिएको छ। सोहि गाउपालकिाको वडा न १ घर भई हाल काठमाण्डौ कलङ्की बस्दै आएका समाजसेबि ब्यवसायी सुरेश बोहराले हस्तातरण गरेका हुन।
सोमबार गाउपालीका कार्यलयमै आई स्वास्थ्य सामग्री हस्तातरण गरेको गाउँपालीका उपाध्यक्ष कलावति भाडले बताई।
बोहराले गाउपालीकालाई मास्क १५०० थान, पिपिई २०० थान, सेनिटाईजर २०० थान र डिटोल साबुन १२० थान हस्तातरण गरेका हुन । हस्तातरण गरिएका स्वास्थ्य सामग्री गाउपालीकाका प्रत्येक वडालाई बितरण गरिने गाउपालीका उपाध्यक्ष भाडले बताईन ।
स्वास्थ्य सामग्री उपाध्यक्ष भाडले नै बुझेकि हुन ।
