‘बझाङ्गी बाघ’उपनामले चिनिने नेपालका फाइटर रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’ सिजन–५ को फाइनलमा पुगेका छन् ।
चीनको शाङ्घाईमा रहेको अक्टागनमा आज भएको सेमिफाइनलमा रविन्द्रले न्युजिल्यान्डका कासिब मर्डोकलाई हराए । ३ राउन्डसम्म चलेको खेलमा रविन्द्र ‘स्प्लिट डिसिजन’ का आधारमा विजयी भएका हुन् ।
रविन्द्रले अब फाइनलमा जापानका रियो ताजिमासँग खेल्नेछन् । ताजिमाले सेमिफाइनलमा भारतका चुङग्रेन कोरेनलाई हराएका थिए । फाइनल जितेमा रविन्द्र यूएफसीका लागि छनोट हुनेछन् ।