लाइसेन्सका लागि आवेदन दिएर परीक्षा दिन बाँकी रहनेको सङ्ख्या झन्डै ६ लाख


कात्तिक २९, सोमबार २०७८

काठमाण्डौ – लामो समयसम्म बन्द रहेको चालक अनुमतिपत्र ९लाइसेन्स० भर्नेको सङ्ख्या तीन हप्ता नै झन्डै चार लाख पुगेको छ । यातायात व्यवस्था विभागले गएको कात्तिक ८ गतेदेखि आवेदन पुनः खुलाएको थियो । दुई वर्षयता नियमित रूपमा सेवा चालु नभएकाले पनि थोरै समयमा धेरैको आवेदन परेको यातायात व्यवस्था विभागले जनाएको छ ।

कात्तिकभन्दा पहिलेसम्म झन्डै दुई लाख आवेदन दिएकाको परीक्षा लिन बाँकी रहेकामा अहिले त्यो सङ्ख्या झण्डै ६ लाखको हाराहारीमा पुगेको विभागका प्रवक्ता डा। लोकनाथ भुसालले बताउनुभयो ।

कोभिड सङ्क्रमणका कारण यातायात व्यवस्था कार्यालयले परीक्षा लिने अवस्था नहुँदा आवेदन स्थगित गरेको थियो । विभागले आवेदन लिइरहँदा यातायात व्यवस्था कार्यालयले पनि नियमित रूपमा परीक्षा सञ्चालन गरिरहेका छन् । दैनिक रूपमा नयाँँ आवेदन दिने बढिरहेका विभागका प्रवक्ता डा। भुसालले बताउनुभयो ।

कात्तिकको दोस्रो हप्तादेखि नै आवेदन पुनः खुलाइएको भए पनि बीचमा झन्डै चार दिन बन्द भएको थियो । एकै पटक धेरै सेवाग्राहीले आवेदन भर्न खोज्दा समस्या आएको प्रवक्ता भुसालले बताउनुभयो ।

गएको वर्ष पनि विभागले अनलाइन फाराम खुलाउनासाथ भर्न नसकिने समस्या देखिएको थियो । सेवाग्राहीको चापका आधारमा पनि सफ्टवेयरको क्षमता बढाइएकाले अहिले समस्या नआएको विभागले जनाएको छ । उहाँले भन्नुभयो, ‘अहिले अपडेट गरेपछि फाराम बुझाउन सकिएन भन्ने गुनासो छैन ।’

विसं २०७६ चैतमा कोभिडका कारण सरकारले लकडाउन लागू गरेसँगै नयाँ चालक अनुमतिपत्रको परीक्षा रोकिएको थियो । गएको वर्ष माघमा सङ्क्रमण कम भएको भन्दै अनलाइन फाराम खुलाइएको भए पनि सङ्क्रमण पुनः बढेपछि स्थगित भएको थियो । दुई वर्षयता नियमित रूपमा परीक्षा हुन नसकेकाले धेरै सेवाग्राही परीक्षामा सहभागी हुन पाइरहेका छैनन् । रासस

Leave A Reply

Your email address will not be published.