मेलाको लागि आज र भोली बैतडीको शिवनाथमा सार्वजनिक बिदा

बैतडी : शिवनाथ गाउँपालिकाले आज र भोली सार्वजनिक बिदा दिएको छ। बैतडीसहित सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध शक्तिपीठ शिबनाथ देवालयको मन्दिरमा लाग्ने जात्रा (शिबनाथकि जाँत) को अवसरमा सार्वजनिक बिदा दिइएको छ।

मेलाको लागि गाउँपालिका भित्र आज र भोली सम्पूर्ण शिक्षण संस्था, सरकारी तथा गैरसरकारी निकायहरुमा सार्वजनिक बिदा दिइएको गाउँपालिका अध्यक्ष कर्णसिह साउदले बताउनुभयो। हरेक बर्ष कार्तिक सप्तमिको राति (रतेडी) र अष्टमीका दिन (दिउसेडी) मेला लाग्ने गर्दछ।

गत बिगतका बर्षहरुमा पनि गाउँपालिकाले शिवनाथ जात्राको अवसरमा सार्वजनिक बिदा दिँदै आएको थियो। मेला हेर्न र देबताको दर्शन गर्न टाढा टाढाबाट दर्शनार्थीहरु आउने गर्दछन। शिबनाथ देवालयको दर्शन, पुजा पाठ गरेमा मनको चिताएको पुग्ने र सुख शान्ति प्राप्त हुने धार्मिक बिश्वास रहेको छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!