बैतडीमा जात्रा (जाँत) हरुको रौनक सुरु, मौलिकता कमजोर हुदैं

बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा मेला जात्राहरु (जाँत) को रौनक सुरु भएको छ। पुर्खाहरुले पुस्तौ देखि मनाउंदै आईरहेका मेला जात्राहरुमा पूजाआराधना गर्न र मेलाहेर्न टाढाबाट आउनेको संख्या बढ्दै गईरहेको देखिन्छ।

हिन्दुँहरुको माहानपर्ब दशै तथा तिहार सकिएसगै सुदूरपश्चिमका बिभिन्न धार्मिक शक्तिपिठहरुमा हुने मेलापर्ब (जाँत) को रौनक ब्यापक रुपमा बढिरहेको छ। बर्षौ दिनसम्म आफन्तजन, ईष्टमित्र लगायत घरपरिवारसगं छट्टिएर अगल भएकाहरु यो समयमा भेटिने गर्छन।

बर्ष दिनका यि मेलाहरुमा गाउँठाउको रितिअनुसार पुजाआजा गरिन्छ। कतिपय ठाउहरुमा बिभिन्न पशुहरुको बलि दिने लगायतका अरु धार्मिक मान्यताहरुको आधारमा पनि पुजाआज गर्ने चलन रहेको छ।

पहिलेको समयमा मेलापर्बहरुलाई सभ्य र भब्य रुपले सँम्पन्न गर्न देबताका करबारियाहरु नै सक्रिय हुने गर्दथे। तर पछिल्लो समयमा बिभिन्न मेला ब्यबस्थापन समितिहरु गठन गरि मेलालाई सभ्य रुपमा मनाउनु तिर सक्रय हुदै गईरहेका छन।

केहि वर्ष पहिले यस्ता मेलाहरुमा स्थानीय ठाउँमा बिभिन्न उपभोग्यका समानहरुलाई उत्पादन गरेर तिनिहरुलाई बिक्रि बितरण गर्ने गरिन्थ्यो। त्यसबाट दैनिक गुजारा गर्ने, आर्थिक आयआर्जन गर्ने लगायत धार्मिक, सामाजीक, सास्कृर्तिक रुपले मेला पर्बहरुलाई मनाउने चलन रहेको थियो। स्थानिय खानाका परिकार, भेषभुषा झल्कीने लुगाा कपडा लाउने चलन थियो। तर पहिलेको तुलनामा मेलापर्बलाई मनाउने तरिका भने बद्लिदै गएको छ। अब न भेषभुसा, न स्थानिय खानाका परिकार र पुरानो चलन खासै देखिदैन्। मौलिकता कमजोर हुदै गईरहेको छ।

समय परिवर्तन हुदै जाँदा मानिसहरुका चाहाना र जिवन जिउने शैलि पनि बद्लिदै गयो। समय परिवर्तन भएसंगै परम्परागत रुपमा मनाईने मेला चाडपर्बहरु आध्यात्मिक एवंम धार्मिक तवरले भन्दापनि तडक–भडकमा बढि केन्द्रीत हुंदै गईरहेको स्थानीय सस्कृतिका जानकारहरु बताउछंन।

पहिलेको समयमा हुने मेलापर्बहरुमा बालबालीकादेखि बुढापाका सम्मका सबै मानिसहरुमा एउटै प्रकारको उल्लास हुन्थ्यो। तर आजभोली त्यो हराउदै गईरहेको देखिन्छ। सुदूरपश्चिममा मेलापर्ब हुदा प्राय सबै ठाउमा देउडा खेलिन्थ्यो। देउडा मार्फत देबि देबताका धार्मीक आस्था, सस्कृकिका कुराहरु, रितिरिवाज, चालचलनसगैं एक अर्खालाई सवाल जपाफ गरिन्थ्यो। देउडा खेल्दै गर्दा एक अर्खालाई सोधेको सवालको जवाफ फर्काउदा खेल्ने खेलौडाहरु मग्नमुग्ध हुन्थ्ये।

सुदूरपश्चिमका केहि स्थानमा मेलापर्बका अबशर केटा र केटी बिच देउडा दोहरी हुन्थ्यो। देउडाकै माध्यमबाट प्रेम प्रस्ताब राख्दै बिबाहको प्रस्ताब राखिन्थ्यो। देउडाको माध्यमबाट सवाल जवाफ गरिन्थ्यो। सवाल जवाफ मार्फत केटा पक्षको जित भए अथवा दुबै पक्षको मञ्जुरी भए बिहे हुन्थ्यो। तर अहिले आएर त्यो परम्परा हटिसकेको छ।

केहि स्थानमा कुनै मेलापर्ब अनि चाडपर्बहरु जुवातासक खेल्नकै लागी लागि होकि जस्तो परिबेस थियो। थुप्रै जात्रामा खुल्लेआम जुवातास हुने गरेका थियो। तर पछिल्लो समयमा खुल्लेआम रुपले जात्राको अबसरमा जुवातास खेल्ने र खेलाउनेलाई कारबाहि हुने भएपछि जुवातास र अन्य अमानबिय कृयाकलापमा भने कमि आउने थालेको छ।

बढ्दो आधुनीकताबादी समाजको निमार्ण भएपछि पछिल्लो समय यस्ता मेलामा देउडा हाल्ने देउडीयाहरुको संख्यामा भने कमि आउन थालेको छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!