अहिले नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। देशभर आंशिक बादल लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज बिहान तराइका केही ठाउँमा हुस्सु र कुहिरो लागेको छ। ती क्षेत्रमा दिउँसोसम्म नै हुस्सुरकुहिरो कायमै रहने अनुमान छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भागमा साधरणतया बादल लाग्नेछ र बाँकी पहाडी र हिमाली भागमा आंशिक बादल लाग्नेछ।
कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भागको एक–दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। आज बिहान पौने ६ बजे काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ९।२ डिग्री सेल्सियस मापन भएको छ। हिजो काठमाण्डौमा न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस रहेको थियो।