जेन–जीका एजेन्डामा केन्द्रित रहने नेकपाका उम्मेदवार भट्टको प्रतिबद्धता

बैतडी: नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बैतडीबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार परमानन्द भट्टले सोमबार प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन्। जिल्ला सदरमुकाम गोठलापानीमा पत्रकार सम्मेलन गर्दै भट्टले प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन्।

पतिवद्धता पत्रमा उनले नयाँ पुस्ता जेन-जीले पुस्ताले उठाएका सुशासन, पारदर्शिता र निर्वाचन प्रणाली लगायतका विषयमा आफु केन्द्रित रहने बताएका छन्। एउटा सांसदको काम कानून नीति निर्माणनै प्राथमिकताको विषय भएकाले यसमा आफु जिम्मेवार हुने बताएका हुन् ।

उनको प्रतिवद्धता पत्रमा देशको अनावस्यक सासकिय स्वरुप परिमार्जन देखि खारेज सम्मको विषय समावेश छ। पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, ‘देशले विना काम भार खेपिरहेका जिल्ला समुन्वय समिति लगायतका संरचनाहरु परिमार्जन तथा खारेज गर्नुपर्छ। अन्य शासकीय स्वरुपलाई समेत सिस्टमेटिक बनाउनुपर्छ।’

निर्वाचन हुँदैमा र निर्वाचित हुँदैमा पूर्ण रोजगार सृजना नहुने र त्यसका लागि वितृत योजना बनाई काम गर्नुपर्ने बताउनुभयो, उहाँले भन्नुभयो, ‘देशको वर्तमान आर्थिक अवस्था अनुसार तत्काल सबैलाई रोजगारी दिनु भन्दा पनि रोजगारीका लागि आधार तयार गर्न सकिन्छ। यहाँका ठुला परियोजना पश्चिम सेती, जुलाघाट मोटरेवल पुल, माहाकाली करिडोर, ग्रामिण सडक कालोपत्र, आधुनिक कृषीमा आधारित उत्पादन र वनपैदावार लगायतका कामले रोजगारीको आधार तयार गर्न सक्छ।’ जिल्ला रहेका विभिन्न खनिजका खानीको उत्खनन् तथा प्रसोधनले पनि यहाँको रोजगारीको आधार तयार हुने उहाँको भनाई थियो।

प्रतिवद्धता पत्रमा उनले जिल्लाका मुख्य सडक संजाललाई स्थानीयतहका केन्द्र सम्म कालोपत्र गर्ने, बढ्दो बसाईसराईलाई रोक्न ग्रामिण क्षेत्रमा गुणस्तरिय शिक्षा र स्वास्थ्यको व्यवस्था मिताउने उल्लेख छ।

Leave A Reply

Your email address will not be published.