बैतडी: लोक देउडा गायक प्रकाश कुमार औजीको नयाँ गीत ‘भिटौला चैतका महिना’ सार्वजनिक भएको छ। गीत महेश कुमार औजीको युट्युब च्यानलमार्फत भिडियोसहित सार्वजनिक गरिएको हो।
गीतमा गायक औजीलाई गायिका लक्ष्मी नेपालीले स्वरमा साथ दिएकी छन्। गीतको लय तथा संगीत स्वयं गायक औजीकै रहेको छ भने एरेन्ज दिपक संगम बिसीले गरेका छन्।
भिडियोमा नागार्जुन दिनेश, अस्मिता कुँवर, सुरेन्द्र औजी, कल्पना औजी, मनिषा औजी, रिया औजी, मोहन औजी, कमला औजी र जयन्ती रानाको अभिनय देख्न सकिन्छ।
सुदूरपश्चिम क्षेत्रमा चैत महिनामा माइतीघर गएकी दिदीलाई भेट्ने ‘भिटौला’ परम्परा विशेष रूपमा मनाइन्छ। सोही मौलिक संस्कार र दिदी–भाइबीचको मायालाई गीतमा समेटिएको छ।
गीतले सुदूरपश्चिमको मौलिक देउडा संस्कृतिलाई उजागर गर्दै पारिवारिक सम्बन्धको भावनात्मक पाटोलाई दर्शकसामु प्रस्तुत गरेको छ। गितलाई माया गरिदिन र आवश्यक सल्लाह सुझाव दिन गायक औजीले आग्रह गर्नुभएको छ।
गित सुन्न तलकाे लिङ्कमा क्लीक गर्नुस्।