कैलाली –सुदूरपश्चिम प्रदेश सभाको सातौँ अधिवेशन चैत २४ गते मंगलबार अपराह्न ४ बजे आह्वान गरिएको छ ।
बुधबार मुख्यमन्त्री कमल बहादुर शाहको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको सातौँ अधिवेशन आह्वान गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार, प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाले औपचारिक रूपमा अधिवेशन आह्वान गरेका हुन् ।
मुख्यमन्त्री शाहले नेपालको संविधानको धारा १६६ को उपधारा ९२० बमोजिम अधिवेशन आह्वानका लागि बिहीबार सिफारिस पत्र पठाएका थिए ।त्यसलगत्तै प्रदेश प्रमुख मियाले औपचारिक रूपमा अधिवेशन आह्वान गरेका हुन् ।
सातौँ अधिवेशनमा प्रदेश सरकारका नीति तथा कार्यक्रम प्रस्तुत हुने र विभिन्न विधेयकहरूमाथि छलफल हुने अपेक्षा गरिएको छ ।