कहिले रुदारुदै हाँस्नुपर्छ,
कहिले हाँस्दा हाँस्दै रुनुपर्छ‘
यो प्रदेश हो साथी‘
जहाँ हरेक खुसीको पछाडि
अदृश्य पीडाको ठूलो कथा लुकेको हुन्छ।
दिनभरि हाँसेको जस्तो देखिन्छु,
सबैसँग “ठिकै छु” भनेर झुटो मुस्कान बाँड्छु,
तर रात परेपछि भने
आफ्नै मनसँग हार मान्नुपर्छ‘
कसैले नदेख्ने गरी
आँसु आफैंसँग कुरा गर्छ‘
मोबाइलको स्क्रिनमा
घरको फोटो हेर्दा,
परिवारको अनुहार सम्झिँदा,
दाईको मौन थकाइ देख्दा,
अचानक मन भित्रै भाँचिन्छ‘
गाउँका बाटा सम्झिन्छु,
पहिले हिँडेको त्यो धुलो बाटो,
साथीसँग हाँसेको त्यो सानो संसार,
आज सबै टाढा टाढा जस्तो लाग्छ‘
तर सम्झना भने अझै नजिकै बसिरहन्छ‘
यो प्रदेश हो साथी‘
जहाँ शरीर एक ठाउँमा हुन्छ,
तर मन सधैं घरतिर भागिरहन्छ‘
कसैले “घर कहिले जानेरु” भनेर सोध्दा,
ओठले सजिलै हाँसिदिन्छ,
तर भित्र कतै केही टुक्रिन्छ‘
किनकि जवाफ मसँग हुँदैन,
केवल समयसँग संघर्ष मात्र हुन्छ‘
निद्रा पनि कहिलेकाहीँ पराइ जस्तै लाग्छ,
रातभर सोचाइको भीड लाग्छ,
भोलिको चिन्ता, घरको याद,
र आफ्नै थकित सपना‘
सबै एकैसाथ भारी भएर आउँछन्‘
तर पनि साथी‘
यो पीडाभित्रै केही शक्ति लुकेको छ,
हरेक आँसु पछि
अझै बलियो बन्ने साहस पलाउँछ,
र हरेक यादसँगै
घरप्रतिको माया अझ गहिरो हुन्छ‘
यो प्रदेश हो साथी‘
जहाँ रुनु पनि सिकिन्छ,
र मुस्कुराएर बाँच्न पनि सिकिन्छ‘