दार्चुलामा पहिरोले चौलानी नदी आधा थुनियो ,तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

दार्चुला – दार्चुलाको अपिहिमाल गाउँपालिका–१ भट्टारमा पहिरोले चौलानी (चमेलिया) नदी थुनिएको छ । माथिबाट आएको पहिरोले चौलानी नदी आधा थुनिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

माथिबाट पहिरो खसिरहेकाले नदी पूरै थुनिन सक्ने सम्भावना रहेको हुँदा प्रशासनले नदीको तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

पहिरोका कारण चौलानी नदीको बहाव प्रभावित भएको प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले जानकारी दिनुभयो ।

अपिहिमाल, मार्मा, लेकम गाउँपालिका र शैल्यशिखर नगरपालिकासहित तटीय क्षेत्रमा जोखिम हुन सक्ने भन्दै सम्बन्धित निकायलाई जानकारी गराएको पनि उहाँले बताउनुभएको छ ।

Leave A Reply

Your email address will not be published.