बैतडीको शिवनाथ गाउँपालिका सामाजिक सुरक्षा कोषमा आबद्ध

बैतडी -बैतडीको शिवनाथ गाउँपालिका सामाजिक सुरक्षा कोषमा आबद्ध भएको छ। गाउँसभाले गरेको निर्णयअनुसार गाउँपालिका सामाजिक सुरक्षा कोषमा आबद्ध भएको गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले बताए ।

गाउँपालिकामा कार्यरत स्वास्थ्य क्षेत्रका तथा अन्य अस्थायी र करार कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने निर्णयअनुसार पालिका कोषमा आबद्ध भएको अध्यक्ष साउँदले बताए।

गाउँपालिका सामाजिक सुरक्षा कोषमा आबद्ध भएसँगै पालिकाभित्रका स्वास्थ्य संस्था तथा गाउँपालिकामा कार्यरत अस्थायी र करार कर्मचारीलाई कोषमा आबद्ध गरिएको सूचना अधिकारी महेश महताले जानकारी दिए ।

कोषमा आबद्ध भएपछि अस्थायी तथा करार कर्मचारीले पाउने आधारभूत तलबको ६० प्रतिशतलाई आधार मानेर त्यसको २० प्रतिशत गाउँपालिकाले र ११ प्रतिशत स्वयं कर्मचारीले सामाजिक सुरक्षा कोषमा जम्मा गर्नुपर्ने प्रावधान रहेको सूचना अधिकारी महताले बताए ।

शिवनाथ गाउँपालिकामा स्वास्थ्य क्षेत्र तथा गाउँपालिकातर्फ गरी हाल ७५ जना अस्थायी र करार कर्मचारी कार्यरत रहेका छन्।

Leave A Reply

Your email address will not be published.