कञ्चनपुरमा भन्सार छली गरी ल्याइएका सामान बरामद

कञ्चनपुर-कञ्चनपुर जिल्लाका विभिन्न स्थानबाट भन्सार छली गरी भारतबाट ल्याइएका करिब २५ हजार रुपैयाँ बराबरका सामान प्रहरीले बरामद गरेको छ।

मंगलबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहतका विभिन्न प्रहरी कार्यालयबाट खटिएको टोलीले बेवारिसे अवस्थामा रहेका दाल, जिरा, मसला, प्लास्टिक डोरी, प्लास्टिक झिल्ली लगायतका सामान फेला पारेको हो।

प्रहरीका अनुसार बरामद गरिएका सामानको अनुमानित मूल्य २५ हजार २९६ रुपैयाँ रहेको छ।प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी उक्त सामान नियन्त्रणमा लिएको जनाएको छ।

Leave A Reply

Your email address will not be published.