शितलपुर माविका १८ विद्यार्थीलाई झोला वितरण

बैतडी-बैतडीको मेलौली नगरपालिका–१ स्थित शितलपुर माध्यमिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई झोला वितरण गरिएको छ ।

विद्यालयमा अध्ययनरत १८ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई झोला वितरण गरिएको कपडा बैंक बैतडीका सञ्चालक महेशदत्त भट्टले बताए ।
हो ।

कपडा बैंकले जिल्लाका विभिन्न विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री, विद्यालय पोशाक तथा झोला लगायत सामग्री वितरण गर्दै आएको छ ।

सोही अभियान अन्तर्गत शितलपुर माध्यमिक विद्यालयका विद्यार्थीलाई झोला वितरण गरिएको भट्टले बताए ।विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गर्ने अभियानले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई अध्ययनमा प्रोत्साहन पुग्ने अपेक्षा गरिएको छ ।

Leave A Reply

Your email address will not be published.