गण्डकी प्रदेशमा भोलि सार्वजनिक बिदा

मेलौली न्यूज
असार २८ मगंलबार,२०७९

काठमाडौं-गण्डकी प्रदेश सरकारले भोलि बुधबार सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले २०९ औं भानु जयन्ती मनाउन बुधबार सार्वजनिक बिदा दिएको हो ।

तनहुँमा जन्मिएका आदिकवि भानुभक्त आचार्यलाई ‘गण्डकीको गौरव’ भन्दै उनको जन्मजयन्तीको अवसरमा प्रदेश सरकारले बिदाको घोषणा गरेको हो ।

अघिल्लो वर्षको चैत १८ गते बसेको मन्त्रिपरिषद्को बैठकबाट भानु जयन्तीमा बिदा दिने निर्णय भएको थियो । वि।सं। १८७१ असार २९ गते भानु नगरपालिका–४ शिखरकटेरीमा जन्मिएका भानुभक्त आचार्यको वि।सं। १९२५ असोज ६ गते निधन भएको थियो ।

नेपाली साहित्यका प्राथमिक कालका प्रतिनिधि कविका रुपमा परिचित भानुभक्त वाल्मिकी रामायणका अनुवादकका रुपमा प्रख्यात छन् ।

ईमेज खबरबाट

Leave A Reply

Your email address will not be published.