मातृभाषाको चिन्तामा शिक्षक बिरुवाराम

दिपक राज दिर्घायु 
माघ १९ बिहीबार,२०७९ 

बैतडी-पेशाले शिक्षक भएपनि कला र गलामा निकै नै अब्बल हुनुहुन्छ मेलौलि नगरपालिका–०८ का बिरुवा राम लुहार। गाउमा केहि कार्यक्रम भएकि उहा त्यो कार्यक्रममा पुग्नुहुन्छ। छोटो समयमा नै धेरै तयारि गरि कार्यक्रममा आफ्नो प्रस्तुति प्रस्तुत गरेर सबैलाई मनोञ्जन गराउनु हुन्छ।

उहा एउटा कलाकारिता क्षेत्र तर्फमात्र आबद्ध नभई पेशाले शिक्षक अनि ब्यापारि पनि हुनुहुनछ। गित संगित भनेपछि हुरुक्कै हुने लुहार सबैका पिर्य अनि सबैको मनमा बस्न सफल हुनुहुन्छ। लुहार आफ्नो मातृभाषालाई निकै माया गर्नु हुन्छ। गाउमा केहि न केहि कार्यक्रम भयो भने चार पाच जाना केटा केटिलाई जम्मा गरेर एउटा बिषयलाई उठान गरि हास्य ब्यङग मार्फत होस या नाटक गरेर हसबैलाई हसाई केहि न केहि सन्देश दिनु हुन्छ।

देउडा गितका माध्यमबाट नेता देखि सामान्य सर्बधारण लगायत समसामहिक बिषय बस्तुलाई समेटेर टुक्काबाट ब्यङग्य गर्नुहुन्छ। सानै छदा बाट गित सगितं तर्फ आवद्ध भएका लुहार अहिले सम्म पनि निरन्तर लागि रहनु भएको।

लुहारले रचना गरेको देउडा टिपिकल कमेडि गित (मेरि लालुरि नै कालि नै गोरि) देउडा गायक गोपाल दयाल र करुणा दयालको स्वरमा रहेको गितलाई पनि निकै लोकपिर्य छ। ठट्टेउलि शैलिमा तयार पारिएको गितमा केटाले केटिलाई र केटिले केटालाई देउडाको माध्यमबाट ब्यङग्य गरेका छन।

गाउँ ठाउमा बोलिने स्थानिय शब्दहरु समेटिएको देउडा गित सबैको मनमा बस्न सफल भएको छ। जब मेरि लालुरि नै कालि नै गोरि भन्ने गित बजारमा आईसक्यो तब अरु कलाकार हरुले पनि उहालाई यस्ता गित सिर्जना गर्न आग्रह गर्दै सल्लाह सुझाप दिने गरेका छन।

आजभोलि उहालाई अन्य धेरै ठाउहरुबाट स्टेज कार्यक्रमको लागि निम्तो आउने गर्दछ। गाउमा केहि सानो कार्यक्रम लुहारलाई बोलाउने गर्दछन।

बिशालपुर माबि मेलौलि नगरपालिका–०९ मा स्थाई शिक्षक रहनु भएका लुहार एउटा ब्यापारि पनि हुुनहुन्छ। जब स्कुलको बार्षिकोत्सब आउछ तब उहालाई सास्कृतिक कार्यक्रमको जिम्मा आउछ। कार्यक्रमलाई निकै नै लोकपिर्य बनाउन उहाको बिशेष भुमिका रहन्छ। स्थानिय देउडा गित, कमेडि, गित, गजल, कबिता, लगायत बिभिन्न प्रकारका कार्यक्रम तयार पारेर साना बालबालिका तथा ठुला बिद्यार्थीहरुलाई तयारि गराएर कार्यक्रमलाई भब्य सभ्य रुपमा प्रस्तुत गराउन हुन्छ।

लुहार भन्छन, हाम्रो भाषा सस्कृतिलाई जोगाउन पर्छ त्यसको लागि हामिहरुले ढिला नगरि आजैबाट एक्यबद्धता भई लाग्नु पर्छ। पछिल्लो समयमा युवाहरुको चासो गित सगित तिर बढदै गईरहेको भए पनि हाम्रो मातृभाषा तर्फ ध्यान कम–कम दिईरहेका छन। देउडा गित सुन्न लाज मान्ने, गाउन अल्छि मान्ने, लेख्न मन नपराउने जस्ता कृयाकलाप पछिल्लो समयका युबाहरुमा देखिएको छ।

आजभोली लोक, पप, र्याप र हिन्दि गित सुन्ने देउडा गित नसुन्ने, न गाउने, बोल्न पनि लाज मान्ने प्रबृत्ति बढिरहदा हाम्रो मातृ भाषाको साह्रै चिन्ता लागेर आउछ, लुहार भन्छन।

हाम्रो यो डेटेली भाषा आमा सरह भएकाले आफ्नो–आफ्नो समाजका अगुवा, स्थानिय सरकार, पत्रपत्रिका, एफ एम रेडियो र मिडियाकर्मिहरुले यो बिषयलाई उठान गरेर रेडियो, टेलिभिजन, युटुब, ईन्टरनेट जस्ता सञ्चारका साधनबाटबाट प्राथिमिकता दिई देश बिदेश सम्म चिनाउनुमा सहयोग गर्यो भने पक्कै पनि हाम्रो यो भाषाका बिकास हुने र सङरक्षणमा ठुलो टेवा पुग्ने तर्क गर्नुहुन्छ।

स्थानिय सरकार सगं उहाको माग
स्थानिय सरकारले यो भाषा सस्कृतिलाई बिशेष प्राथिमिकता दिनुपर्ने बताउछ। किनभने यहि भाषा सस्कृतिले हामिलाई चिनाएको छ। सरकारले बार्षिक बजेट छुट्याउछ त्यसबाट केहि अशं जति स्थानिय भाषा सस्कृतिलाई जोगाउनको लागि छुट्याउन पर्ने उहाको माग रहेको छ। गाउमा स्थानिय भाषा सस्कृतिका कार्यक्रमको आयोजना गर्ने, सडक नाटक गर्ने, देउडा प्रतियोगिता लगायत अन्य माध्यमबाट स्थानिय भाषाका कार्यक्रमको आयोजना गरि अझ प्रोत्साहान गर्ने हो भने हाम्रो भाषा सस्कृति लाई जोगाउन सकिन्थ्यो लुहार भन्न्छन।

युवाहरुलाई सुभाब
युवाहरुको पछिल्लो समयमा हाम्रो भाषा प्रतिको हेराई र बुझाई फरक रहेको छ। सुन्न झ्याउ लाग्ने, सबैको सामु सुन्न लाज लाग्ने अनि जसले गाउछ सुन्छ त्यसलाई अलि हेपेर बोल्ने प्रबृत्ति बढिरहेको छ। यसको असर पाहाडि क्षेत्र भन्दापनि तराई क्षेत्रमा बढि रहेको छ। तराईमा कसैले देउडा गित गायो अथवा सुन्यो भने त्यसलाई पाहाडि, गाउले भनेर हेप्ने, जो मैले देखेको छु अनि भोगेको पनि छु। त्यसैले आफ्नो भाषा सस्कृतिको सम्मान गर्दै सरक्षणमा लाग्न आग्रह गर्दछु। आफ्नो भाषा सस्कृति भनेको आफ्लाई जन्माउने आमा सरह हो। त्यसैले आमाको सम्मान गरौ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!