डडेल्धुरा – १३औं डडेल्धुरा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि परशुराम नगरपालिकाले जितेको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा अजयमेरु गाउँपालिकाको चमबेताल खेल मैदानमा दुई दिनसम्म सञ्चालन भएको प्रतियोगिताको उपाधि परशुराम नगरपालिकाले जितेको हो ।
२३ स्वर्ण, ६ रजत र ७ कास्य पदकसहित परशुराम च्याम्पियन भएको हो । यस्तै दोस्रो भएको अजयमेरु गाउँपालिकाले ११ स्वर्ण, १४ रजत र ७ कास्य जितेको छ । ५ स्वर्ण, ५ रजत र ७ कास्य जित्दै आलिताल गाउँपालिका तेस्रो भएको हो ।
प्रतियोगितामा भलिवल, कवड्डी, एथ्लेटिक्स, कराते, उसु लगायतका खेल भएका थिए । एक कार्यक्रमका बीच प्रतियोगिताका बिजेता टिम र खेलाडीलाई शिल्ड, ट्रफी र प्रमाणपत्र वितरण गरिएको छ ।
जिल्ला खेलकुद विकास समितिको आयोजना र अजयमेरु गाउँपालिकाको आतिथ्यतामा १३ र १४ गते जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन भएको हो ।