बैतडी-बैतडीको शिवनाथ गाउँपालिकाले स्थानीय मेला लाग्ने अवसरमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
गाउँपालिकाले शिवनाथ मन्दिर धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक स्थलमा स्थानीय मेला लाग्ने भएकाले गाउँपालिका क्षेत्रभित्रका सम्पूर्ण सरकारी कार्यालय, शिक्षण संस्था, बैंक तथा वित्तीय संस्थामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
गाउँपालिका अध्यक्ष कर्ण सिंह साउँदद्वारा हस्ताक्षरित सूचनाअनुसार २०८३ साल कात्तिक ३० गते र मंसिर १ गते दुई दिन सार्वजनिक बिदा दिइनेछ।
गाउँपालिकाले स्थानीय मेलामा जनसमुदायको उत्साहपूर्ण सहभागितालाई दृष्टिगत गर्दै उक्त निर्णय गरिएको जनाएको छ।पालिकाले सर्वसाधारणको जानकारीका लागि सूचना प्रकाशित गरेको छ।
