बैतडी–दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत विभिन्न विधामा छनौट भएका खेलाडीहरुको बैतडीबाट आज बिदाई गरिएको छ । प्रदेशस्तरीय छनौट प्रतियोगितामा भाग लिने खेलाडीहरुको जिल्लाबाट बिदाई गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय बैतडीमा एक कार्यक्रमकाबीच खेलाडीहरुको बिदाई गरिएको जिल्ला खेलकुद समितिका अध्यक्ष भुपेन्द्र चन्दले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी मीना अर्यालले खेलाडीहरुलाई सफलताको कामनासहित बिदाइ गरेकी हुन् ।
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बैतडीबाट विभिन्न विधामा महिला र पुरुष गरेर १ सय ७५ जना खेलाडीहरु छनौट भएका छन् ।
प्रदेशस्तरीय छनौट प्रतियोगिता भोलिदेखि शुरु हुँदैछ । डडेल्धुरा, कैलाली र कञ्चनपुरमा प्रदेशस्तरीय छनौट प्रतियोगिता सञ्चालन हुने जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख तर्कराज जोशीले बताए ।