बैतडी-मेलौली नगरपालीका–०६ गाजरिका जेनिश ओझाको जन्मदिनमा शैक्षिक सामग्री बितरण गरिएको छ। सामुदायिक रेडियो मेलौली एफएममा कार्यरत सञ्चारक्रमि रितु ओझाले आफ्नो छोराको जन्मदिनमा शैक्षिक सामग्री बितरण गर्नुभएको हो।
मेलौली नगरपालीका–०६ स्थित चन्दनपुर आधारभुत बिद्यालयका करिब ५५ जना बिद्यार्थीलाई कापि र डटपेन बितरण गरेको बिद्यालयका प्रधानाध्यापक शकंर दत्त ओझाले बताए। बिद्यालयमा आएर शैक्षिक सामग्री बितरण गरेकोमा ओझालाई बिद्यालयले धन्यबाद ज्ञापन गरेको छ।
जन्मदिनमा गरिने फजुल खर्चलाई कटाएर शैक्षिक साम्रगी बितरण गरेको ओझाले बताए। बिद्यार्थीहरुको पठन पाठनमा केहि हदसम्म भएपनि सहज होस र बिद्यार्थीको मनोबल पनि बढोस् भन्ने उदेश्यका साथ छोराको जन्मदिनमा शैक्षिक सामग्री बितरण गरेको ओझाले बताए।
उनले आफ्नो छोरा चार बर्ष पुरा गरि पाच बर्षमा प्रबेश गरेको उपक्ष्यमा शैक्षिक सामग्री बितरण गरेका हुन। शैक्षिक समग्री बितरण गरेपछि बिद्यार्थीहरु खुसि भएका थिए।

