काठमाडौं -नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज ९सोमबार० पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै छन् ।
राष्ट्रपतिको कार्यालयले उनको शपथका लागि दिउँसो १ बजे विशेष समारोहको आयोजना गर्दैछ । नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नुअघि सङ्घीय कानुनबमोजिम प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ ।
नवनिर्वाचित राष्ट्रपति पौडेललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउने जनाइएको छ । पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका हुन् ।राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल भने आइतबार राती १२ बजेदेखि सकिएको छ ।