सुदूरपश्चिम यु-१६ क्रिकेट छनौट: बैतडीको पहिलो खेल दार्चुलासंग

१६ वर्षमुनीको क्रिकेटको सुदूरपश्चिम प्रदेशस्तरीय छनौट प्रतियोगिता अछाममा हुने भएको छ । उक्त छनौट प्रतियोगिता चैत २८ गतेदेखि अछाममा हुने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघले जनाएको छ ।
सहभागी हुने प्रदेशका आठ टिमलाई दुई समूहमा विभाजन गरिएको संघका सचिव तेजप्रकाश भट्टले जानकारी दिनुभयो । समूह ए मा कैलाली, बैतडी,डडेल्धुरा र दार्चुला रहेका छन् । समूह बी मा कञ्चनपुर, अछाम,डोटी र बझाङ रहेका छन् ।
अछामको साँफेबगरमा हुने प्रतियोगिताको पहिलो खेलमा चैत २८ गते बिहान साढे ८ बजे अछाम र डोटी आमने सामने हुँदा सोही दिन हुने अर्को खेलमा कञ्चनपुर र बझाङ भिड्नेछन् ।
चैत २९ गते हुने दोस्रो खेलमा कञ्चनपुर र डोटी भिड्दा दोस्रो खेलमा अछाम र बझाङ प्रतिस्प्रर्धा गर्नेछन् । चैत ३० गतेको खेलमा कैलाली र डडेल्धुरा तथा बैतडी र दार्चुलाबीच भिडन्त हुनेछ ।
वैशाख १ गते पहिलो खेलमा कञ्चनपुर र अछाम भिडन्त हुँदा दोस्रोमा बझाङ र डोटीबीच प्रतिस्प्रर्धा हुनेछ ।
वैशाख २ गते बैतडी र डडेल्धुरा तथा कैलाली र दार्चुला भिड्नेछन् । वैशाख ३ गते कैलाली र बैतडी तथा दार्चुला र डडेल्धुराबीचको प्रतिस्प्रर्धा हुने जनाइएको छ ।
वैशाख ४ गते हुने पहिलो सेमिफाइनल खेलमा समूह ए को विजेता र समूह बी को उप विजेता भिड्दा दोस्रो सेमिफाइनलमा समुह बी को विजेता र समूह ए को उपविजेता आमनेसामने हुनेछन् ।

वैशाख ५ गते फाइनल खेल हुने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघले जनाएको छ ।

उत्कृष्ट प्रदर्शन गरेको आधारमा प्रदेश टोली घोषणा गरिने र उक्त टोलीले राष्ट्रियस्तरीय छनौट प्रतियोगिता खेल्नेछ ।
नेपाल क्रिकेट संघले मलेशियामा हुने १६ वर्षमुनीको इस्ट जोन कप क्रिकेट प्रतियोगितालाई मध्यनजर गर्दै जिल्ला र प्रदेश छनौट गर्न निर्देशन दिएको हो ।
एसियन क्रिकेट काउन्सिलको कार्यक्रमअनुसार उक्त प्रतियोगिता मे १७ देखि २८ सम्म मलेशियामा हुनेछ । सोहि प्रतियोगितामा नेपाल पनि सहभागि हुने नेपाल क्रिकेट संघले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.