बैतडी–पाटन नगरपालीकामा न्यायिक समितिको लोकप्रियता बढ्दो क्रममा रहेको बताईएको छ। नगर उप–प्रमुख कमल सिह बोहराले रेडियो मेलौलीको बहस मुलक कार्यक्रम “मेलौली बहस”मा बोल्दै यस्तो बताएका हुन।
आफ्नो कार्यकालको एक बर्षको समय हुदै गर्दाखेरि पाटन नगरपालीकामा करिब डेढ सय जति मुद्धा न्यायिक समितिबाट फच्र्यौट भएर मिलापत्र भएको उनले बताए। पाटन नगरपालीकाले न्यायिक समितिलाई प्रभावकारी बनाउन कानुनबिद (वकिल)को पनि ब्यवस्था गरेको बताए।
न्यायिक समितिलाई भएको अधिकारलाई टेकेर न्याय निरुपणमा सहजता ल्याउनको लागि कानुनबिदको पनि ब्यवास्था गरेको नगर उप–प्रमुख बोहराले बताए। पछिल्लो समयमा न्यायिक समितिले स्थानिय स्तरका मुद्धाहरुमा दुईटै पक्षलाई निष्पक्ष रुपमा न्याय दिने भएकाले मुद्धाहरु अधिक रुपमा आउने गरेको उनले बताए।
न्यायिक समितिमा आफुलाई न्याय पाउन सजिलो हुने भएकाले न्यायिक समितिमा नागरिकहरुको लोकप्रियता बढेको उनले बताए।