आईपीएल क्रिकेटमा गुजरातले मुम्बईलाई ५५ रनले हरायो

ईन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा साविक विजेता गुजरात टाईटन्सले मुम्बई इन्डियन्सलाई ५५ रनले हराएको छ।

गएराति अहमदावादमा भएको खेलमा गुजरातले दिएको २ सय ८ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५२ रन बनायो। मुम्बईका निहाल वाधिराले सर्वाधिक ४० रन बनाए। क्यामरुन ग्रीन ३३ रनमा आउट भए । सुर्यकुमार यादवले २३ रन जोडे।

गुजरातका नूर अहमदले ३ तथा मोहित शर्मा र राशिद खानले समान २र२ विकेट लिए। कप्तान हार्दिक पान्ड्याले एक विकेट लिए। त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय ७ रन बनाएको थियो। गुजरातका शुभमन गिलले सर्वाधिक ५६ रन जोडे। डेबिड मिलर ४६ रनमा आउट भए । त्यस्तै अनुभव मनोहरले ४२ रन बनाए।

मुम्बईका पियुष चावलाले २ तथा जेसन बेहरनडोर्फ, राईली मेरिडेथ, अर्जुन तेन्दुल्कर र कुमार कार्तिक्येले समान एकरएक विकेट लिए। जितसँगै गुजरात सात खेलमा पाँच जित र दुई हारका साथ लिगको दोस्रो स्थानमा उक्लिएको छ। पाँच पटकको च्याम्पियन मुम्बई समान सात खेलमा तीन जित र चार हारका साथ अंक तालिकाको सातौं स्थानमा छ।

Leave A Reply

Your email address will not be published.