अछाम – भिरबाट लडेर अछामको ढकारीमा एकजनाको ज्यान गएको छ।
जिल्लाको ढकारी गाउँपालिका वडा नम्बर ४ बलाताका ३५ वर्षीया याम ढोलीको भिरबाट लडेर मृत्यु भएको अछाम प्रहरीले जनाएको छ।
शनिबार सैनबजारबाट बलाता जाने क्रममा नेटेसल्ला भन्ने ठाउँमा उनी सडकबाट दुई सय मिटर तल खसेका थिए ।
उनको पोष्टमाटमपछि शव आफन्ताको जिम्मा लगाइएको छ।