बैतडी-गगेश्वर मन्दिरमा लाग्ने सामुहिक यज्ञको लागि आर्थिक संकलन अभियान जारी रहेको छ। मेलौली नगरपालिका–०८ कोटिगाँउमा रहेको गंगेश्वर देबताको मन्दिरमा लाग्ने सामुहिक यज्ञ (शिब पुराण)को लागि आर्थिक संकलन अभियान जारी रहेको देबताका मुखिया शम्भु सिह बिष्टले बताए।
सामाजिक सञ्जाल फेसबुक मार्फत सञ्चालन गरिएको अभियान मार्फत हालसम्म २ लाख रुपैया सकंलन भएको मुखिया बिष्टले बताए। हिन्दु धर्मका आराध्यदेव शिवरुपी गंगेश्वर देबताको मन्दिरमा गत बिगत बर्षदेखि नै सामुहिक यज्ञ सञ्चालन गर्ने तयारि भएको हो। गत बिगतका बर्षमा बिभिन्न कारणले सञ्चालन नभएको यज्ञ यस बर्ष सञ्चालन हुने गईरहेको हो।
यज्ञ सञ्चालनको लागि उपयुक्त साईत हेरि समय अवधि निर्धारण गरिने र अहिले त्यसको तयारि भईरहेको गंगेश्वर मन्दिर क्षेत्र ब्यवस्थापन समितिले जनाएको छ। आफ्नो क्षेत्रमा समाजिक सद्भाव, शान्ति स्थापना र पुण्य लाभका लागि सामुहिक यज्ञ सञ्चालन गरिन लागेको जनाईएको छ।
यज्ञ सञ्चालनको लागि धार्मिक आस्थावान श्रद्धालु माहानभावहरुलाई स्वःऐच्छिक रुपले आर्थिक सहयोग गरिदिन मन्दिर ब्यवस्थापन समितिले आग्रह गरेको छ। गंगेश्वर मन्दिर क्षेत्रका करियाहरुबाट प्रति परिवार एक हजार रुपैया भेटि स्वरुप सहयोग गरिदिन समेत आग्रह गरिएको छ। यो धार्मिक कार्यमा आर्थिक सहयोग गर्ने सहयोगि दाताहरुको अभिलेख तयार गर्ने र उत्कृष्ट सहयोगि दाताको शिलालेख निमार्ण गरिने बताईएको छ।
सहयोग गर्न चाहने ब्यक्तिले कुमारि बैक मेलौली साखामा रहेका शम्भु सिह बिष्टको खाता नम्बर २७१०२२९७६९३००००१ अथवा मोबायल बैङ्किङ ९८४८९८००२८ मा जम्मा जम्मा गर्न सकिने छ। सहयोगि दाताले गरेको सहयोगको रसिद पनि छिट्टै उपलब्ध गराईने जनाईएको छ।