जनकपुरधाम– सप्तरीमा एक युवकको हत्या गरिएको छ। जिल्लाको रुपनी गाउँपालिका १ स्थित खेतमा हत्या गरिएको अवस्थामा एक युवकको शव फेला परेको हो ।
उनी शम्भुनाथ नगरपालिका २ का २४ वर्षीय मो।तफेजुल रहेको बताइएको छ। रातिको समयमा कुटपिट गरी उनको हत्या गरिएको देखिएको छ ।
गाउँलेले युवकको शव देखेपछि प्रहरीलाई खबर गरेको थियो । त्यसपछि घटनास्थल पुगेको प्रहरीले शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल राजविराज लगेको छ । हत्या कसले गरेको भन्नेबारे केहि खुल्न सकेको छैन ।