बेङ्गलोरसँगको खेलमा राजस्थान ५९ रनमै अलआउट, ५ जना खेलाडीले १ रन पनि जोड्न सकेनन्

इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्गलोरले राजस्थान रोयल्सलाई १ सय १२ रनको फराकिलो अन्तरले हराएको छ।

बेङ्गलोरले दिएको १ सय ७२ रनको लक्ष्य पछ्याएको राजस्थान १० ओभर ३ बलमा ५९ रनमै अलआउट भयो। राजस्थानका शिमरन हेटमायरले सर्वाधिक ३५ रन बनाए पनि अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्। राजस्थानका पाँच जना खेलाडीले एक रन पनि जोड्न सकेनन्। बलिङतर्फ बेङ्गलोरका वेन पार्नेलले ३ तथा माइकल ब्रेसवेल र करन शर्माले २र२ विकेट लिए ।

यसअघि जयपुरमा टस जितेर ब्याटिङ गरेको बेङ्गलोरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७१ रन बनायो। बेङ्गलोरका फाफ डु प्लेसिसले ५५, ग्लेन म्याक्सवेलले ५४ र अनुज रावतले नटआउट २९ रन बनाए। बलिङतर्फ राजस्थानका एडम जम्पा र केएम आसिफले २र२ विकेट लिए ।

यो जितसँगै बेङ्गलोर १२ खेलमा १२ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ। बेङ्गलोरको प्लेअफ सम्भावना कायमै छ। १३ खेलमा १२ अङ्क भएको राजस्थान छैटौँ स्थानमा छ।

Leave A Reply

Your email address will not be published.